इबोला नियन्त्रणका लागि आपतकालीन कोष
इबोलामा केही समययतादेखि इबोलाको प्रकोप फैलिएको र यसबाट यहाँका अरु छिमेकी देशहरुमा पनि असर पर्न सक्ने बताइएको छ।काठमाडाैं, मंसिर २ : युगाण्डामा केही समययतादेखि फैलिएको इबोला महामारी नियन्त्रणका लागि आपतकालीन कोष आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनले बिहीबार सो कुराको जानकारी गराएको हो।
इबोलामा केही समययतादेखि इबोलाको प्रकोप फैलिएको र यसबाट यहाँका अरु छिमेकी देशहरुमा पनि असर पर्न सक्ने बताइएको छ।
विश्व स्वास्थ्य संगठनले बिहीबार युगाण्डाको इबोलाको नियन्त्रण गर्नुपर्ने र यो महामारी युगाण्डाका छिमेकी देशमा फैलिन नदिन पहिले नै सतर्कता अपनाउनुपर्ने अवस्था रहेकाले सो प्रयोजनका लागि तत्कालै युगाण्डाका लागि आर्थिक सहयोग आवश्यक रहेको जनाएको हो।
विश्व स्वास्थ्य सङ्गठनको अफ्रिका क्षेत्रीय निर्देशक मातेसिदो मोइतोले युगाण्डा र अन्य देशहरुमा इबोला महामारीका विरुद्धमा अपनाउनुपर्ने सतर्कता एवं औषधि उपचारका लागि विश्व स्वस्थ्य सङ्गठनले ८ करोड ८० लाख अमेरिकी डलर बराबरको रकम आवश्यक रहेको भनी अपिल गरेको र अहिलेसम्ममा त्यसको २० प्रतिशत मात्र जम्मा भएको जानकारी दिएका हुन्।
यसअघि पनि गत महिना नै विश्व स्वास्थ्य सङ्गठनले युगाण्डालगायत अफ्रिकाका देशहरुमा इबोलाको प्रकोप बढ्दो देखिएकाले यसको नियन्त्रणका लागि भन्दै रकम सहयोग गर्न अपिल गरेको थियो। तर अपेक्षा गरिएअनुसारको रकम उपलब्ध हुन नसकेको निर्देशका मोइतोले जानकारी दिनुभएको हो। युगाण्डाले गत सेप्टेम्बर २० मा इबोलाको महामारी घोषणा गरेको थियो।
त्यसपछि यहाँ सो महामारीको नियन्त्रणका लागि भन्दै विश्व स्वास्थ्य संगठनले रकम आवश्यक रहेको घोषणा गरेको थियो।