Kathmandu Press

नाइजेरियाली सुरक्षा कारबाहीमा ५० हतियारधारी मारिए

नाइजेरियाली सुरक्षा कारबाहीमा ५० हतियारधारी मारिए

अबुजा, मंसिर २ : नाइजेरियाको सेनाले यहाँका विभिन्न राज्यमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ५० जना हतियारधारी विद्रोही मारिएको जनाइएको छ।

अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका उत्तरी क्षेत्रमा बोको हराम तथा कतिपय क्षेत्रमा इस्लामिक स्टेट्ससँग सम्बन्ध रहेका स्थानीय आतङ्ककारी समूहहरुको हात रहेको छ।

गएका दुइ हप्तायता नाइजेरियाको सेनाको नेतृत्वमा यहाँका सबै सुरक्षा निकायले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारीरु मारिएको यहाँको सेनाले बिहीबार जानकारी दिएको छ।

यसरी मारिनेमा इस्लामिक स्टेट्स वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्ल्युएआर) र बोको हरामका लडाकू रहेका पनि जानकारी दिइएको छ ।

यहाँको बोर्नो राज्यमा यही नोभेम्बर ४ र ५ मा गरिएको हवाई कारबाहीका क्रममा परेर बोको हरामका दुई जना कमाण्डर मारिएका छन् । उनीहरुका नेतृत्वमा सो राज्यका विभिन्न क्षेत्रमा सर्वसाधारण तथा सुरक्षाकर्मीहरुको हत्या गर्ने तथा अन्य हिंसात्मक कार्यहरु गर्ने गरेको सूचनाका आधारमा गरिएको कारबाहीमा ती लडाकू कमाण्डर मारिएका बताइएको छ।

यस कारबाहीका क्रममा अपहरणमा परेका सर्वसाधारणहरुलाई पनि अपहरणमुक्त गरिएको जनाइएको छ । साथै बोको हराम र अरु स्थानीय आतंककारी समूहका कैयौँ सदस्यले आत्मसमर्पण पनि गरेका थिए। 

प्रकाशित मिति: ११:४० बजे, शुक्रबार, मंसिर २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्