Kathmandu Press

उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न प्राधिकरणको निर्देशन

नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहे पनि केही कम्पनीले हाल अनुमति नलिइकनै चार्टर उडानको नाममा टिकट बिक्री गरेको पाइएको भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो । 
उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न प्राधिकरणको निर्देशन

काठमाडौं, मंसिर २ : नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी वायु सेवा कम्पनीहरुलाई हवाई उडानको अनुमति लिएर मात्र यात्रुहरुलाई टिकट बिक्री वितरण गर्न निर्देशन दिएको छ। 

नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहे पनि केही कम्पनीले हाल अनुमति नलिइकनै चार्टर उडानको नाममा टिकट बिक्री गरेको पाइएको भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो । 

यस्ता कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनी दिएको छ। चार्टर उडानको नाममा टिकट बिक्री गरी यात्रुहरुलाई विमानस्थलमै अलपत्र पार्ने काम गरेकाले अब आइन्दा उडान अनुमति लिइसकेपछि मात्र टिकट बिक्री गर्न निर्देशन दिइएको हो। 

यदि प्राधिकरणको निर्देशन अवज्ञा गरे सुरक्षा नियमावली २०७३ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ।  

प्रकाशित मिति: ०८:४२ बजे, शुक्रबार, मंसिर २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्