‘निर्वाचनको सबै नतिजा मंसिर २२ गतेभित्रै आउँछ’
बिहीबार दिउँसो गरिएको पत्रकार सम्मेलनमा उनले मतगणना सम्पन्न गरेर विजयी हुनेहरुको नामावली मंसिर २२ गतेभित्र राष्ट्रपतिसमक्ष बुझाउने तयारी रहेको जानकारी दिए।
काठमाडौं, मंसिर १ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सबै नतिजा मंसिर २२ गतेभित्रै आउने दाबी गरेका छन्।
बिहीबार दिउँसो गरिएको पत्रकार सम्मेलनमा उनले मतगणना सम्पन्न गरेर विजयी हुनेहरुको नामावली मंसिर २२ गतेभित्र राष्ट्रपतिसमक्ष बुझाउने तयारी रहेको जानकारी दिए।
उनले बिहीबार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार गर्न नपाइने बताए। मंसिर २ देखि ४ गतेसम्म निर्वाचनको प्रचारप्रसार गर्न नपाइने उनको भनाइ थियो।
उनले शान्तिपूर्ण र निष्पक्ष रुपमा चुनाव गराउन आयोग प्रतिबद्ध रहेको बताए। गडबड देखिएका निर्वाचन क्षेत्रमा हवाई गस्तीको तयारी गरिएको पनि बताए।
मौन अवधि सुरु हुनुअगावै ठाउँठाउँमा अनुगमनका लागि घुम्ती टोली पनि खटाइने उनको भनाइ थियो।
प्रकाशित मिति: १५:४५ बजे, बिहीबार, मंसिर १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











