Kathmandu Press

बंगलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो।
बंगलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने

ढाका, मंसिर १ : बंगलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ। 

कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो।

कपास विकास बोर्डका अतिरिक्त निर्देशक मोहम्मद फख्रे आलम इब्ने ताबिबले भन्नुभयो, “कपास एक प्रमुख नगदे बाली हुन सक्छ किनभने कपडा उद्योगमा यसको बढ्दो माग पूरा गर्न हामीले यसको आयातका लागि हरेक वर्ष तीन अर्ब अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ।

आधिकारिक तथ्याङ्कअनुसार बङ्गलादेशमा अहिले वार्षिक चार अर्ब ८ करोड पाउण्डको मागको तुलनामा वार्षिक नौ करोड ६० लाख पाउण्ड उत्पादन हुन्छ।

उच्च मागको पृष्ठभूमिमा, बङ्गलादेशी टेक्सटाइल र स्पिनिङ मिलहरू र अन्य प्रयोगकर्ताहरूले भारत, संयुक्त राज्य अमेरिका, धेरै अफ्रिकी र मध्य एसियाली राष्ट्रहरू, अस्ट्रेलिया, ब्राजिल र पाकिस्तानबाट कपास आयात गर्छन्।

ताबिबका अनुसार उर्वर बाँझो जमिनको ठूलो क्षेत्र प्रयोग गरी उच्च उत्पादन दिने नयाँ प्रजाती र हाइब्रिड जातका कपास उत्पादन गरी देशको दक्षिणपूर्वी पहाडी क्षेत्र र केही समतल जिल्लाहरू कपास उत्पादनलाई ४८ करोड पाउण्ड पु¥याउने लक्ष्य राखिएको छ।

प्रकाशित मिति: १४:०८ बजे, बिहीबार, मंसिर १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्