Kathmandu Press

काभ्रे क्षेत्र–२ का मतदाता भन्छन्– भ्रष्ट नेता होइन, विकास गर्ने नेता चाहिन्छ

हुमागाईंले दाबी गरेजस्तै, २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनले आफ्नो कार्यकालमा काभ्रेमा धेरै काम गरेका छन् । धेरै बस्तीमा उनकै नेतृत्व विजुली बलेको छ ।
काभ्रे क्षेत्र–२ का मतदाता भन्छन्– भ्रष्ट नेता होइन, विकास गर्ने नेता चाहिन्छ

प्रश्नकता– ‘चुनावको माहौल के छ, बा?

बा– (घरको पेटीमा टुसुक्क बसेका छन्) राम्रो छ बाबु

प्रश्नकर्ता– अरु के भइरहेको छ त ?

Hardik ivf

बा– अब, ठिक छ, रुख चिन्हमा छाप लगाउने, शिव हुमागाईलाई जिताउने, त्यही भइरहेको छ । विकास गर्या छ, हामीलाई बत्ती बालिदिए, उनलाई एक छाप नहानी हुँदैन ।

प्रश्नकर्ता– उम्मेदवारका अरु पनि छन् नि । एमालेबाट गोकुल बास्कोटा उठ्नु भएको छ, उहाँ कस्तो लाग्छ ?

बा– खै हामीलाई के थाहा र, भ्रष्ट्राचार गर्यो भन्छन् । हामी बुढालाई के थाहा ?

माथिको संवाद काभ्रे–२का एक मतातासँग गरिएको संवाद हो । यो संवाद अहिले सामजिक सञ्जालमा भाइरल छ।

भिडियोमा बृद्ध बाले भनेजस्तो लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार शिवप्रसाद हुँमागाई विकासप्रेमी नेता हुन् । अर्को निर्वाचन क्षेत्रबाट विजयी हुँदा पनि समग्र जिल्लाकै विकास गरेकाले यो पटक पनि काभ्रे२ का जनताले उनलाई नै संसदमा पठाउन चाहेका छन्।

तर, एमालेबाट काभ्रे २ का उम्मेदावर बनेका गोकुल बास्कोटालाई नै काभ्रेमा ‘विकासका बादशाह’ भनेर प्रचार गरिएपछि एक चुनावी कार्यक्रमा गठबन्धनका उम्मेदवार हुमागाईंले त्यसको प्रतिवाद गरेका थिए। उनले भनेका थिए– ‘विकासको बादशाह भनेर झुटो प्रचार गराइएको छ, गर्दै नगरेको काम ड्रोन उडाएर, भिडियो बनाएर देखाइएको छ, हेक्का होस्, गोकूलजी तपाईंको् घर जाने बाटो मैले बनाएको हो, तपाईंको टोलमा बत्ती मैले बालेको हो ।’

हुमागाईंले दाबी गरेजस्तै, २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनले आफ्नो कार्यकालमा काभ्रेमा धेरै काम गरेका छन् । धेरै बस्तीमा उनकै नेतृत्व विजुली बलेको छ ।

त्यसबेला हुमागाईंले काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाको सुरुवात र पहल गरेका थिए । अब आफू विजयी भएपछि त्यसलाई प्राथमिकतामा राखेर सम्पन्न गर्ने हुमागाईंको प्रतिबद्धता छ ।

बनेपा बहुप्राविधिक महाविद्यालय, सूचना प्रविधि पार्क निर्माणमा अहम भुमिका खेलेका हुमागाईको गुण बनेपावासीले बिर्सेका छैनन् । भकुण्डे –तेमाल सडक, बनेपा–नाला भक्तपुर सडक, दाप्चा–पनौती–लामाटार–लुभु सडक कालोपत्रे आफू उनले नै सुरु गरेका हुन्।

315527167_685932692953452_5439240641407213301_n1668660836.jpg

सिपाघाटको पुल, कोशिपारीको पुल, नौविसे फाँट, मल्पी –लिलावती, सिपाघाट सिंचाई उनका कार्यकालमा सम्पन्न भएका पछि सम्म सम्झने काम हो । नौंविसे फाँट, सिपाघाटमा शुरु गरेको सिँचाईको काम अहिले पनि स्थानीयले प्रशंसा गर्ने गरेका छन्।

यसअघि पनि काभ्रेको विकासमा योगदान गरेका शिवप्रसाद हुमागाईले आफू निर्वाचित भएपछि प्राथमिकतामा राखेर गर्ने कामको सूची पनि तयार गरिसकेका छन् । पाँचखालको सेज, पाँचखालकै बृहत्तर खानेपानी, काभ्रे एकिकृत खानेपानी, मण्डन उपत्यका खानेपानी आयोजना, हिले जलजले बहुउद्धेश्यीय ताल, हवेली–सिमथली –बेखसिम्ले सडक, बनेपा–पनौती–खोपासी–बेथानचोक हुँदै तराई जोड्ने सडक पुरा गर्ने उनको योजना छ ।

लामो समयदेखि राजनीतिमा सकृय, केन्द्रमा पहुँच राख्ने, काभ्रे कांग्रेसको नेतृत्व गर्दै केन्द्रीय सदस्य समेत भइसकेका, पूर्व सांसद, अनुभवी राजनीतिज्ञ उम्मेदवारको रुपमा पाउँदा मतदाता पनि खुशी छन् । चुनावी अभियान लिएर घरदैलोमा बाक्लो उपस्थिती, बाजागाजा, घर घरमा घडा, गालाभरी मालाले हुमागाईको उम्मेदवारीमा स्थानीयले साथ दिइरहेका छन् ।

निष्ठा र इमान्दारिताको राजनीति गरिरहेका हुमागाईलाई मतदाताले प्रतिनिधी सभा सदस्यको रुपमा हेर्न चाहेका छन् । पहिला पनि विकास गरेकाले यो पटक पनि जनतालाई उनलाई जिताउन चाहेका छन् । काभ्रे २ मा उनको विकल्प नभएको पनि स्थानीयको तर्क छ।

प्रकाशित मिति: १०:४१ बजे, बिहीबार, मंसिर १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्