Kathmandu Press

पाकिस्तानी प्रधानमन्त्री कोरोना सङ्क्रमित

पाकिस्तानी प्रधानमन्त्री कोरोना सङ्क्रमित

इस्लनमावाद, कात्तिक २९ : पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ मङ्गलबार कोरोना सङ्क्रमित भएका छन।

सूचना तथा प्रसारण मन्त्री मरियम औरङ्गजेबले विज्ञप्ति जारी गर्दै बेलायतको पाँच दिने भ्रमणबाट फर्किएका प्रधानमन्त्रीलाई कोभिड–१९ सङ्क्रमण देखिएको बताएका छन।

मन्त्रीका अनुसार प्रधानमन्त्री सरिफ चिकित्सकको  सल्लाहमा  निगराणिमा रहेका छन।
 
यसै बीच पाकिस्तानको राष्ट्रिय सभाका सभामुख राजा परवेज अशरफले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रकाशित मिति: १९:१३ बजे, मंगलबार, कात्तिक २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्