Kathmandu Press

विश्वव्यापी चुनौतीे सामनाका लागि ऐक्यबद्ध हुन अपिल

विश्वव्यापी चुनौतीे सामनाका लागि ऐक्यबद्ध हुन अपिल

काठमाडौं, कात्तिक २९ : संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटरेसले विश्वमा हाल देखा परिरहेका साझा र विश्वव्यापी चुनौतीे सामनाका लागि ऐक्यबद्ध हुन अपिल गरेका छन् ।विश्वमा पछिल्लो समयमा विभिन्न समस्याहरु देखिएकाले ती समस्या तथा चुनौतीको समाधानका लागि विश्वका नेता एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिएका हुन् । 

इन्डोनेसियाको बालीमा आजदेखि हुन लागेको ग्रुप अफ ट्वान्टी (जि२०) सम्मेलनको पूर्वसन्ध्यामा उनले सो समूहका नेताहरुलाई उक्त अपिल गरेका हुन्। जलवायु परिवर्तनका कारण उत्पन्न समस्या मानव जीवनका निम्ति एक प्रमुख चुनौतीका रुपमा देखिएकाले जलवायु परिवर्तनका असर कम गर्न तथा त्यसको प्रभावबाट विश्वलाई बचाउन सबै लाग्नुपर्ने बताए ।

जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधानका लागि जि२० समूहका देशले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउँदै उनले स्वास्थ्य, शिक्षा, लैंगिक समानता, नवीकरणीय ऊर्जालगायत क्षेत्रमा समूहले लगानी गर्नुपर्ने सुझाव दिए। 

महासचिव गुटरेसले जलवायु परिवर्तनको असर कम गर्न राष्ट्रसङ्घले अघि सारेको ‘एजेण्डा’ तथा सम्झौता कार्यान्वयनमा इमानदार बन्न आग्रह गरे। 

प्रकाशित मिति: १५:४१ बजे, मंगलबार, कात्तिक २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्