Kathmandu Press

अमेरिकाको विश्वविद्यालय परिसरमा गोली आक्रमण, तीन विद्यार्थीको मृत्यु

विद्यार्थी सवार  बस चार्लोसभिलस्थित पार्किङ हातामा प्रवेशलगत्तै गोली प्रहार भएको थियो। गोली चलाएको आशंकामा विश्वविद्यालयमा पढ्ने २२ वर्षीय छात्र क्रिष्टोफर डेनियल पक्राउ परेका छन्।
अमेरिकाको विश्वविद्यालय परिसरमा गोली आक्रमण, तीन विद्यार्थीको मृत्यु

काठमाडौं, कात्तिक २९ : अमेरिकामा अन्धाधुन्ध गोली आक्रमणमा परी तीन विद्यार्थीको मृत्यु भएको छ। विश्वविद्यालयको फुटबल क्लबका खेलाडीसमेत रहेका तीन जनाको गोली प्रहारबाट मृत्यु भएको बिबिसीले जनाएको छ।  

विद्यार्थी सवार  बस चार्लोसभिलस्थित पार्किङ हातामा प्रवेशलगत्तै गोली प्रहार भएको थियो। गोली चलाएको आशंकामा विश्वविद्यालयमा पढ्ने २२ वर्षीय छात्र क्रिष्टोफर डेनियल पक्राउ परेका छन्। स्थानीय समयअनुसार आइतबार राति साढे १० बजे उक्त आक्रमण भएको हो।

मृत्यु हुने विद्यार्थीहरुमा डोभिन चान्डलर, लाभेल डेभिस र डेसेन पेरी छन्। उनीहरुमध्ये दुईजनाको घटनास्थलमा नै र एकजनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको प्रहरीले बताएको छ।

प्रकाशित मिति: ०८:४३ बजे, मंगलबार, कात्तिक २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्