जलेश्वरधाममा ४०औँ अनुष्ठान हुँदै
मंसिर १ गतेदेखि ब्रह्माण्ड महापुराण कथा वाचन हुने धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए। मंसिर ६ गते बालाचतुर्दशीको दिन सतबीज रोपण गरी पुराणको समापन गरिने उनको भनाइ छ।
झापा, कात्तिक २८ : पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा ४०औँ वार्षिक अनुष्ठान हुने भएको छ।
मंसिर १ गतेदेखि ब्रह्माण्ड महापुराण कथा वाचन हुने धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए। मंसिर ६ गते बालाचतुर्दशीको दिन सतबीज रोपण गरी पुराणको समापन गरिने उनको भनाइ छ।
पुराणमा दैनिक कथा वाचन भक्तिमय भजन गरिँदै साँझ गंगा आरती गरिनेछ। य
सैबीच रुद्राभिषेक, तण्डुलाचल, धनधान्याचल, दैनिक हवन, भूमिदान जस्ता कार्य गरिने धाम समितिले जनाएको छ। मंसिर ५ गते लक्ष्यबत्ती प्रज्वलन साँझ ६ बजेदेखि गरिने र विभिन्न क्षेत्रबाट आउने धर्मानुरागीका लागि बस्ने व्यवस्था मिलाइएको छ।
प्रकाशित मिति: १९:५२ बजे, सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार