स्वतन्त्र उम्मेदवार कँडेलले लोकतान्त्रिक-बाम गठबन्धनलाई सघाउने
गठबन्धनले कात्तिकेदेउरालीमा गरेको चुनावी सभामा बोल्दै उनले गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्ययमान दोङ (लालध्वज) र गठबन्धनका उम्मेदवारलाई सघाउने घोषणा गरेका हुन्।काभ्रे, कात्तिक २८ : काभ्रे क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका माधवप्रसाद कँडेलले लोकतान्त्रिक–बाम गठबन्धनलाई सघाउने घोषणा गरेका छन्।
गठबन्धनले कात्तिकेदेउरालीमा गरेको चुनावी सभामा बोल्दै उनले गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्ययमान दोङ (लालध्वज) र गठबन्धनका उम्मेदवारलाई सघाउने घोषणा गरेका हुन्।
स्वतन्त्र उम्मेदवारका रुपमा आफ्नो चुनावी एजेन्डा र प्रतिवद्धता गठबन्धनका उम्मेदवारले पुरा गर्ने प्रतिवद्धता जनाएकोले उम्मेदवारी निष्कृय पार्दै गठबन्धनलाई सघाउने निर्णय गरेको उनले बताए।
विकास र समृद्धि नै आफ्नो एजेन्डा भएको भन्दै उनले त्यसको लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए । राजधानीबाट नजिक भएपनि काभ्रे क्षेत्र नंं १ विकासमा पछि परेको भन्दै सो क्षेत्रको विकास लागि आफूले उम्मेदवारी दिएको बताएका थिए।
प्रकाशित मिति: १८:५२ बजे, सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्कीबुधबार, मंसिर १२, २०८१
२५ वटा सहकारी संस्था खारेजीमामंगलबार, मंसिर ११, २०८१
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१