Kathmandu Press

इस्तानबुलमा भएको आक्रमणमा आतंककारीको हात छ : राष्ट्रपति एर्डोगान

उनले जि-२० को सम्मेलनमा सहभागी हुन इन्डोनेसिया जानुअघि इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले सो प्रतिक्रिया दिएका हुन्।
इस्तानबुलमा भएको आक्रमणमा आतंककारीको हात छ : राष्ट्रपति एर्डोगान

इस्तानबुल, कात्तिक २८ : टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले इस्तानबुलमा भएको आक्रमण आतंककारीहरुले गराएको आशंका रहेको बताएका छन्।

आइतबार इस्तानबुलमा आयोजित एक पत्रकार सम्मेलनमा उनले भने, 'अहिले नै यसो भन्न त हतार हुनसक्छ, त्यसैले मैले सय प्रतिशत नै आतंककारी हमला त भन्न सक्दिन तर पनि यो काम आतंककारीकै हो भन्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ।

Hardik ivf

उनले जि-२० को सम्मेलनमा सहभागी हुन इन्डोनेसिया जानुअघि इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले सो प्रतिक्रिया दिएका हुन्।

उनले यो आक्रमणको पूर्ण अनुसन्धान त जारी नै छ तर अहिलेसम्मको अवस्था हेर्दा कुनै एकजना महिलाले आत्मघाती हमला गराएको जस्तो देखिएको पनि बताए।

टर्कीको इस्तानबुल सहरमा आइतबार अपराह्न बम आक्रमण भएको थियो। अज्ञात व्यक्तिबाट भएको सो हमलामा परेर कम्तीमा पनि ६ जनाको ज्यान गएको छ भने अरु ५३ जना घाइते भएका छन्। 

प्रकाशित मिति: १४:०६ बजे, सोमबार, कात्तिक २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्