Kathmandu Press

‘बैंकको ब्याजदर एकल अङ्कमा हुनुपर्छ’

‘बैंकको ब्याजदर एकल अङ्कमा हुनुपर्छ’

काठमाडाैं, कात्तिक २७ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको ब्याजदरमाथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ । महासङ्घका अध्यक्ष कुमार कार्कीले आज प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरू अचाक्ली ब्याजदर बढाएको भन्दै हस्तक्षेप जरुरी रहेको बताएका छन।

महासङ्घले बैंकको ब्याजदर एक अङ्कमा सीमित हुनुपर्ने जनाएको छ । बैंकहरुले सङ्कटको बेला ब्याज बढाएर सामान्य मानवीयता समेत ख्याल नगरेको भन्दै महासङ्घले लिलामीको ३५ दिने सूचनालाई बढाएर छ महिना बनाउनुपर्ने माग गरेको छ ।

'सङ्कटको अवस्थामा सामान्य मानवीयता पनि नहेरी पत्रपत्रिकामा ३५ दिने सूचना निकाल्ने र करोडौँ मूल्य पर्ने सम्पत्तिलाई थोरै ऋण लिएका भरमा लिलामी गरेर वित्तीय संस्थाले असुल गर्ने कोसिस गरेको पाइएको छ,' अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'धितोलिलाम गर्ने सूचना ३५ दिन होइन कम्तीमा पनि ६ महिना हुनुपर्छ र लिलामी गर्नुअघि ऋण चुक्ता गर्न एक वर्षको अवधि दिनुपर्छ।'

प्रकाशित मिति: २०:०६ बजे, आइतबार, कात्तिक २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्