Kathmandu Press

अमेरिकी मध्यावधि निर्वाचनः सिनेटमा डेमोक्र्याट, सदनमा अनिर्णित

अमेरिकी मध्यावधि निर्वाचनः सिनेटमा डेमोक्र्याट, सदनमा अनिर्णित
Hardik ivf

वासिङ्टन, कात्तिक २७ : अमेरिकी सिनेटमा डेमोक्र्याटिक पार्टीले झिनो बहुमत प्राप्त गरेको छ । योसँगै उक्त दलले आगामी दुई वर्षसम्म सिनेटमा नियन्त्रण कायम गर्नेछ। 

नेभाडामा र एरिजोनामा भएको अति कठिन प्रतिस्पर्धामा डेमोक्र्याटिक पार्टीले जित हात पारेका केबल न्युज नेटवर्कले जनाएको छ । सिनेटमा अब डेमोक्र्याटसँग ५० सिनेटर भएका छन्भने रिपब्लिकनका ४९ जनामात्र छन् । 

प्रतिनिधिसभामा भने रिपब्लिकन पार्टी बहुमत नजिक पुगेको । यो दलले २१८ स्थान हासिल गर्ने देखिएको छ । पछिल्लो मतपरिणामअनुसार रिपब्लिकन पार्टीले दुई सय ११ स्थान जितेको छ भने डेमोक्र्याटिक पार्टी दुई सय चार सिटमा विजयी भएको छ।   

प्रकाशित मिति: १७:२८ बजे, आइतबार, कात्तिक २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्