प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा जाने
‘प्रधानमन्त्रीको भ्रमण छोटो छ तर बालीमा हुने जी-२० शिखर सम्मेलनमा यहाँको भ्रमण निकै महत्वपूर्ण छ,’ इन्डोनेसियाका लागि भारतीय राजदूत मनोजकुमार भारतीले एएनआईलाई बताएका छन्।बाली (इन्डोनेसिया), कात्तिक २७ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १४ मा बालीमा हुने १६औं शिखर सम्मेलनमा भाग लिने भएका छन्। भारतले सन् २०२२ डिसेम्बर १ बाट यस समूहको अध्यक्षता ग्रहण गर्दैछ।
‘प्रधानमन्त्रीको भ्रमण छोटो छ तर बालीमा हुने जी-२० शिखर सम्मेलनमा यहाँको भ्रमण निकै महत्वपूर्ण छ,’ इन्डोनेसियाका लागि भारतीय राजदूत मनोजकुमार भारतीले एएनआईलाई बताएका छन्।
‘प्रधानमन्त्री नरेन्द्र मोदी १६औ जी-२० शिखर सम्मेलनमा भाग लिनु हुने छ र यहाँ उनले औपचारिक रूपमा २०२३ को लागि भारतको २०२३ अध्यक्षता लिनुहने छ’ भारतीले एएनआईलाई बताएका छन्।
‘प्रधानमन्त्री मोदीको जी२० मा आउनु महत्त्वपूर्ण छ किनभने भारतले इन्डोनेसियाबाट जी-२० को अध्यक्षता लिन लागेको छ।
'भारतले इन्डोनेसियालाई निरन्तर सहयोग प्रदान गरेको छ र इन्डोनेसिया सरकारले पनि भारतको सहयोगलाई मान्यता दिन्छु,' भारतीय राजदूत भारतीले भनेका छन्।