सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय तोकिएको छ।
काठमाडौं, कात्तिक २७ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय तोकिएको छ।
गत शुक्रबार प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको सुन आज प्रतितोला रु छ सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सय थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले बढेर रु १ हजार ३ सय तोकिएको महासंघले जनाएको छ।
प्रकाशित मिति: १३:१९ बजे, आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











