Kathmandu Press

सेतीदोभान पुल निर्माण प्राथमिकतामा : पूर्वमन्त्री भण्डारी

चुनावी घरदैलो अभियानमा रहेका गठबन्धनको तर्फबाट तनहुँ २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार  उनले आज मतदातासँगको भेटघाटका क्रममा सो कुरा बताएका हुन्।
सेतीदोभान पुल निर्माण प्राथमिकतामा : पूर्वमन्त्री भण्डारी

तनहुँ, कात्तिक २७ : पूर्वमन्त्री शंकर भण्डारीले दुई पालिका जोड्ने सेतीदोभानको  पुल निर्माण पहिलो प्राथमिकता रहेको बताएका छन्।

चुनावी घरदैलो अभियानमा रहेका गठबन्धनको तर्फबाट तनहुँ २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार  उनले आज मतदातासँगको भेटघाटका क्रममा सो कुरा बताएका हुन्। जिल्लाको भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार जोड्ने सेती दोभानको पुल निर्माणलाई  पहिलो प्राथमिकतामा राखेर काम गरिने जानकारी दिए। 

Hardik ivf

'अलपत्र अवस्थामा रहेको पुलको निर्माण कार्य तत्काल अगाडि बढ्छ तपाईहरु ढुक्क हुनुहोस्,' उम्मेदवार भण्डारीले भने, 'के कति कारणले रोकिन पुगेको हो यस विषयमा पूर्ण जानकारी लिएर काम अगाडि बढाउनेछु।'

भिमाद नगरपालिका वडा नं ८ र शुक्लागण्डकी नगरपालिका–७ जोड्ने उक्त पुलको निर्माण अगाडि नबढ्दा चिन्तित रहेका थानीय बासिन्दाले निकै सास्ती भोग्दै आएका छन्।  

त्यसैगरी अलपत्र पुलको निर्माण कार्य तत्काल अगाडि बढाउनुपर्ने माग भिमाद र खैरेनीटारको सर्वसाधारण र व्यवसायीहरुले गरेका छन्।

खैरेनीटार निवासी व्यवसायी वसन्ता श्रेष्ठले सेती दोभानको पुल निर्माण तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। उक्त पुल निर्माण भए खैरेनीटारको व्यापार व्यवसाय प्रवर्धनमा टेवा पुग्ने उनको भनाइ थियो।  

प्रकाशित मिति: १२:५४ बजे, आइतबार, कात्तिक २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्