Kathmandu Press

मध्य सोमाली क्षेत्रमा १२ विद्रोही मारिए

रक्षा मन्त्रालयका प्रवक्ता अब्दुल्लाही अली अनोदका अनुसार सेनाले बुरदार क्षेत्रमा रहेको सैन्य शिविरमा आतंककारीहरूले आक्रमण गर्ने बारे पूर्व सूचना प्राप्त गरेको र त्यसलाई विफल बनाउँन प्रतिआक्रमण गरेको थियो। 
मध्य सोमाली क्षेत्रमा १२ विद्रोही मारिए

मोगादिसु, कात्तिक २६ : सोमाली राष्ट्रिय सेनाले शुक्रबार मध्य सोमालियाको हिरान क्षेत्रमा गरेको प्रतिआक्रमणमा अलशबाबका १२ जना लडाकूहरूलाई मारेको एक अधिकारीले बताएका छन्।

रक्षा मन्त्रालयका प्रवक्ता अब्दुल्लाही अली अनोदका अनुसार सेनाले बुरदार क्षेत्रमा रहेको सैन्य शिविरमा आतंककारीहरूले आक्रमण गर्ने बारे पूर्व सूचना प्राप्त गरेको र त्यसलाई विफल बनाउँन प्रतिआक्रमण गरेको थियो। 

बुर्दार क्षेत्रमा आक्रमणको क्रममा घाइते भएका तीन जना सैनिकहरूलाई अस्पतालमा भर्ना गरिएको अलीले सोमाली नेशनल न्युज एजेन्सीलाई बताएका छन्।

हाल त्यस क्षेत्रमा  आक्रमणकारीहरूको खोजी गर्नका लागि सेनाले ठूलो अभियान चलाइरहेको छ।

प्रकाशित मिति: १२:३२ बजे, शनिबार, कात्तिक २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्