Kathmandu Press

‘सञ्चारमाध्यममाथि अंकुश लगाउने काम आयोगले बन्द गर्नुपर्छ’

नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभामा उनले सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदाहुँदै निर्वाचन आयोगले सञ्चार माध्यममाथि अङ्कुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गरे।
‘सञ्चारमाध्यममाथि अंकुश लगाउने काम आयोगले बन्द गर्नुपर्छ’

झापा, कात्तिक २६ : नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सञ्चारमाध्यममाथि निर्वाचन आयोगले अंकुश लगाउने काम बन्द गुर्नपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभामा उनले सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदाहुँदै निर्वाचन आयोगले सञ्चार माध्यममाथि अङ्कुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गरे।

अध्यक्ष पोखरेलले सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता उल्लंघनका विषयलाई लिएर जथाभावीरूपमा निर्वाचन आयोगले पत्र काट्दै स्पष्टीकरण सोध्ने गरेको र त्यस्तो काम तत्काल बन्द गरिनुपर्ने बताए ।

‘प्रेस काउन्सिलबाहेक राज्यका कुनै पनि निकायले सञ्चार संस्था र सञ्चारकर्मीमाथि समाचार लेखेकै विषयलाई लिएर स्पष्टीकरण सोध्ने अधिकार छैन,’ पोखरेलले भने।

प्रकाशित मिति: ०८:३४ बजे, शनिबार, कात्तिक २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्