Kathmandu Press

चुनावीसभालाई कांग्रेसका महामन्त्री शर्मा र सिटौलाको सम्बोधन

चुनावीसभालाई कांग्रेसका महामन्त्री शर्मा र सिटौलाको सम्बोधन

झापा, कात्तिक २५ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आज गठबन्धनको चुनावीसभालाई संयुक्त सम्बोधन गरेका छन।

चन्द्रगढीमा लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति भद्रपुर वार्ड नं ७, ८, ९ र १० द्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ का उम्मेदवार शर्मा र क्षेत्र नम्बर ३ का उम्मेदवार सिटौलाले सम्बोधन गरेका हुन। उनीहरू दुवै जनाले गठबन्धन चुनावका लागि मात्र नभएर निर्वाचनपछि पनि निरन्तर रहने बताए।

Hardik ivf

नेता सिटौलाले मुलुकको आमूल परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा मात्र सफल भएको भन्दै क्षेत्र नं ३ बाट जनताका लागि पनि आफूले जित्नै पर्ने बताए।

यसैगरी काग्रेस महामन्त्री शर्माले देशमा सुशासन कायम गर्दै  भ्रष्टाचार नियान्त्रण गर्न गठबन्धनको जित आवश्यक रहको बताए। उनले झापा क्षेत्र नं १ को शिक्षा, स्वास्थ्यलगायतका विकास निर्माणका लागि आफ्नो जित सुनिश्चित भएको बताए। उनले  विगतको केपी ओली नेतृत्वमा रहेको सरकारका कारण मुलुकले विभिन्न सङ्घर्ष गरेर ल्याएको संविधान धरापमा पर्ने अवस्थामा गठबन्धनले संविधानलाई जोगाएको बताए।

कार्यक्रममा प्रतिनिधिसभाको समानुपातिकतर्फका उम्मेदवार सरिता प्रसाईं, प्रदेशसभातर्फका उम्मेदवारहरू श्यामवीर लिम्बू, गोपाल तामाङ, भूमिप्रसाद राजवंशीलगायतले संविधानको संरक्षण र विकासका लागि गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिए।

प्रकाशित मिति: १८:१० बजे, शुक्रबार, कात्तिक २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्