दिल्लीको होटलमा आगो लाग्दा १७ को मृत्यु
काठमाडौं, माघ २९ : भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ६ जना घाइते भएका छन्....

काठमाडौं, माघ २९ : भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ६ जना घाइते भएका छन् ।
नयाँ दिल्लीको करोल बागमा रहेको होटल अर्पित प्यालेसमा मंगलबार बिहान ४ः५० मा आगलागी शुरु भएको थियो । धेरैको मृत्यु निसासिएर भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
जलेको भवनको वस्तुस्थिति बुझ्न गएका दिल्लीराज्य सरकारका गृहमन्त्री सत्येन्दर जैनले करोलबागमा चार तलेभन्दा अग्ला घर बनाउन नपाइने भए पनि धेरै घरहरूले यो नियम नमानेको बताएका छन् । नियम मिचेर बनाइएका घरहरूलाई कारबाही गरिने पनि जैनले बताए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनामा ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त गरेका छन् ।












