Kathmandu Press

राप्रपा मेची–महाकाली स्वाभिमान यात्राको तयारीमा

काठमाडौं, माघ २९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन १५–३० गतेसम्म मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आयोजना गर्ने भएको ....

राप्रपा मेची–महाकाली स्वाभिमान यात्राको तयारीमा

काठमाडौं, माघ २९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन १५–३० गतेसम्म मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आयोजना गर्ने भएको छ । त्यसका लागि तयारी भइरहेको जनाएको छ ।

यात्राको तयारीका लागि केन्द्रमा सचिवालय स्थापना गरिएको छ । त्यस्तै, जिल्लाको तयारीका लािग चारवटा टोली पठाएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

Hardik ivf

फागुन १५ गते ताप्लेजुङको सदरमुकामबाट यात्राको शुरुआत गरिने जनाएको छ । यात्राका क्रममा एकसयभन्दा बढी सभा आयोजना गरिने र त्यसलाई राप्रपा अध्यक्ष कमल थापाले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

राप्रपाले हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, स्वदेशमै प्रयाप्त रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन दवाव दिने उद्देश्यले यात्रा गर्न लागेको जनाएको छ ।

त्यस्तै, यात्राका क्रममा सबै प्रकारका महिला हिंसा, जातीय विभेद र छुवाछुतको अन्त्यका लागि पनि जनजागरण गराइने राप्रपाले जनाएको छ ।

प्रकाशित मिति: १२:११ बजे, मंगलबार, माघ २९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्