शाहरुखले सार्वजनिक गरे अमिताभ बच्चनको ‘बद्ला’
काठमाडौं, माघ २९ : बलिउडका सुपरस्टार अमिताभ बच्चनको नयाँ फिल्म ‘बद्ला’को पोस्टर सार्वजनिक गरिएको छ ।
निर्देशक सुजाय घोषको क्राइम....

काठमाडौं, माघ २९ : बलिउडका सुपरस्टार अमिताभ बच्चनको नयाँ फिल्म ‘बद्ला’को पोस्टर सार्वजनिक गरिएको छ ।
निर्देशक सुजाय घोषको क्राइम थ्रिलर ‘बद्ला’मा अमिताभसँगै तापसी पन्नूको मुख्य भूमिका रहेको छ । यो फिल्मको पोस्टरमा ‘माफ कर देना हर बार सही नहीं होता’ ट्यागलाइन दिइएको छ ।
अमिताभको फिल्मको पहिलो पोस्टर शाहरुख खानले सार्वजनिक गरेका हुन् । उनले पोस्टर ट्वीट गर्दै लेखेका छन, “बिग बी, म बद्ला लिन आउँदै छु, तयार रहनु होला ।”
यो फिल्म शाहरुख र उनकी पत्नी गौरी खानले अंजुर इन्टरटेनमेन्टसँग मिलेर बनाएका हुन् । यो उनीहरुको रेड चिलिज इन्टरटेनमेन्टको ब्यानरमा बनेको छ ।
यस अघि अमिताभ र तापसी ‘पिंक’मा एकसाथ देखिएका थिए । यो उनीहरुको दोस्रो फिल्म हो । यो फिल्म ८ मार्चमा रिलिज हुने छ ।












