पोखराको लेकसाइडमा बालकको हत्या
पोखरा, माघ २९ : कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या गरिएको छ ।
सोमबार राति पाल्पाका सचिन सिजालीको हत्या गरि....

पोखरा, माघ २९ : कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या गरिएको छ ।
सोमबार राति पाल्पाका सचिन सिजालीको हत्या गरिएको प्रहरीले जनाएको छ । उनी पोखरामा आमासँगै बस्दै आएका थिए । धारिलो हतियारले घाँटीमा प्रहार गरिएको बैदाम वडा प्रहरी कार्यालयका डिएसपी नवीन कार्कीले बताए ।
उनका अनुसार, सचिनको शव हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको छ । बालकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
घटनामा संलग्न भएको आशङ्कामा दुई युवकलाई नियन्त्रणमा लिएको उनले बताए । थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।
प्रकाशित मिति: ११:०२ बजे, मंगलबार, माघ २९, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार












