नवलपरासीमा सेनाको बस दुर्घटना, ३० जना घाइते
कावासोती, मंसिर २८ : नवलपरासीको कावासोती नगरपालिका–३ मा नेपाली सेना सवार बस बिहान दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।
सु....

कावासोती, मंसिर २८ : नवलपरासीको कावासोती नगरपालिका–३ मा नेपाली सेना सवार बस बिहान दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।
सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको ना ६ ख ४०४ नम्बरको बस अनियन्त्रित भई भएर पल्टिएको हो। बस राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिए।
दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। बसमा ४० नेपाली सेना थिए ।
प्रकाशित मिति: ०९:४९ बजे, शनिबार, मंसिर २८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)