भ्रमण वर्ष सचिवालय र टानबीच ११ बुँदे समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं, मंसिर २५ : सरकार र ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) बीच नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन ११ बुँदे समझदारी पत्रमा हस्ताक्षर ....

काठमाडौं, मंसिर २५ : सरकार र ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) बीच नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन ११ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।
बुधबार टान सचिवालयमा आयोजित कार्यक्रममा टानका अध्यक्ष खुम सुवेदी र भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा टानले आफ्ना सदस्य कम्पनीहरुले सञ्चालन गर्ने सम्पूर्ण पदयात्रा प्याकेजमा २० प्रतिशत छुट दिनु पर्नेछ।
यसअघि प्याकेजमा लागू गरिएको रकममा नै २० प्रतिशत छुट दिन सदस्य कम्पनीलाई निर्देशन दिइएको अध्यक्ष सुवेदीले जानकारी दिए। उनका अनुसार सदस्य कम्पनीले छुट दिए नदिएको विषयमा टान सचिवालयले अनुगमन गर्नेछ। उक्त छुटवाट भ्रमण बर्ष सचिवालयलाई आन्तरिक तथा अन्तराष्ट्रिय पर्यटक भित्र्याउन सहयोग पुग्ने टानले अपेक्षा गरेको छ।
सुदूरपूर्व तथा सुदूरपश्चिम क्षेत्रमा नयाँ पदयात्रा गन्तव्यस्थलको खोजी, अनुसन्धान तथा पहिचान गरी त्यसको बजारीकरणका लागि आवश्यक काम गर्न टानले भ्रमण वर्षका लागि पर्वतीय पर्यटन क्षेत्रमा आवश्यक कम्तिमा चार हजार व्यक्तिलाई विभिन्न विषयमा तालिम प्रदान गर्ने, पदयात्रा क्षेत्रहरुको प्राकृतिक, सामाजिक तथा अन्य वातावरणलाई व्यवस्थित र संरक्षित गरी फोहरमुक्त पदयात्राको व्यवस्था गर्ने, जनवरी पहिलो साता पर्यटकलाई लक्षित गरी नेवारी भोज कार्यक्रमको आयोजना गर्ने लगायतका कार्यक्रम रहेका छन्।










-1754206481.jpg)
