पहिरामा पुरिएर हुम्लामा एकै परिवारका चार जनाको मृत्यु, पाँच घाइते
हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको पहिरामा पुरिएर चार जनाको मृत्यु भएको छ ।काठमाडौं, असोज २५ : हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको पहिरामा पुरिएर चार जनाको मृत्यु भएको छ ।
ती चारै जनाको एउटै परिवारको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । पहिरामा पुरिएर ६० वर्षीया तुलसा, सात वर्षीय वसन्त, नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए । पहिरामा परेर पाँच घाइते भएका छन् ।
घाइते हुनेमा ३८ वर्षका देउच्या , ३६ वर्षीया अङ्गती , १४ वर्षीया मनिका , १२ वर्षीया निरुता र तीन वर्षीय तवेन्द्र विक छन् । घाइतेमध्ये अङ्गतीको अवस्था गम्भीर छ ।
प्रकाशित मिति: ०८:२३ बजे, मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१