Kathmandu Press

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा ढकाल

काठमाडौं, मंसिर २५ : एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा कविल ढकाल चयन भएका छन्।

संस्थाको ३९औँ सञ्चालक समितिको बैठक तथा दोस्रो ....

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा ढकाल

काठमाडौं, मंसिर २५ : एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा कविल ढकाल चयन भएका छन्।

संस्थाको ३९औँ सञ्चालक समितिको बैठक तथा दोस्रो साधारणसभाले वित्तीय संस्थाको अध्यक्षमा ढकाललाई चयन गरेको हो। एनआईसी एशिया बैंक लिमिटेडकोे सहायक कम्पनीका लघुवित्त वित्तीय संस्था रहेको छ।

बैंकका सूचना अधिकारी सुविनकाजी श्रेष्ठका अनुसार, नवनियुक्त अध्यक्ष ढकाल एनआईसी एशिया बैकका सहायक प्रमुख कार्यकारी अधिकृत हुन्।

सोमबार भएको साधारणसभामा ढकाललाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले पद तथा गोपनियताको शपथ खुवाएका थिए।

लघुवित्त संस्था स्थापना भएको दुई वर्षमै विभिन्न १९ जिल्लामा ६१ वटा शाखा कार्यालय रहेका छन्।

सूचना अधिकारी श्रेष्ठका अनुसार, वित्तीय संस्थाले दुर्गम जिल्ला जाजरकोटमा रजिस्टर्ज कार्यालय स्थापना गरी वित्तीय पहुँच नपुगेका स्थानहरूलाई प्राथमिकता दिई कार्य गरिरहेको छ। संस्थाले दुर्गमका विपन्न वर्गलाई सहज वित्तीय सेवा प्रदान गरिरहेको छ।

प्रकाशित मिति: १२:१४ बजे, बुधबार, मंसिर २५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्