Kathmandu Press

निर्वाचन खर्च नबुझाउने हुम्लाका पाँच सय ९८ उम्मेदवार कारबाहीमा

निर्वाचन खर्च नबुझाउने हुम्लाका पाँच सय ९८ उम्मेदवार कारबाहीमा

सिमकाेट : हुम्लाका पाँच सय ९८ जना जनप्रतिनिधि कारबाहीमा परेका छन्। स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने निर्वाचित अध्यक्ष, उपाध्यक्षसहित पाँच सय ९८ जना जनप्रतिनिधि कारबाहीमा परेका हुन्। निर्वाचन आयोगको कारबाहीमा पर्नेहरुमा अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह, सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुुर रोकाया, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा रहेका छन।

त्यसैगरी निर्वाचन खर्च विवरण नबुझाउनेमा चारजना गाउँपालिकाका निर्वाचित उपाध्यक्षसमेत रहेका छन। अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाय, सर्केगार्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की, खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर सिंह र सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला भाम रोकाया रहेका छन।

Hardik ivf

खर्च विवरण नबुझाउने अध्यक्ष उपाध्यक्षबाहेक अन्य पाँच सय ९० जनालाई पनि नियमानुसार आयोगले जरिवाना गरेको छ। आयोगले गरेको जरिवाना कारबाहीअनुसार अध्यक्ष उपाध्यक्ष पदमा उम्मेदवारी मनोनयन गरेका उम्मेदवारलाई तीन लाख ५० हजार र अन्य वडाध्यक्ष, महिला, दलित महिला सदस्य र अन्य सदस्यका लागि एक लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ।

जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त प्रमुख श्यामबहादुर रानाका अनुसार २० जना अध्यक्ष तथा उपाध्यक्षका निर्वाचित र पराजित उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। आयोगले जरिवानाबापतको रकम राजश्व खातामा जम्मा गर्न सार्वजनिक सूचना जारी गरेको छ।

प्रकाशित मिति: १९:५१ बजे, मंगलबार, असोज ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्