सुर्योदय क्लबको २४ औं वार्षिक साधारण सभा सम्पन्न
कार्यक्रममा क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले संस्थाको वार्षिक प्रगती प्रतिवेदन आ.ब. २०७९।८०को प्रस्तावित कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।काठमाडौं, असोज ९ : सुर्योदय क्लब स्याङ्जाको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
कार्यक्रममा क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले संस्थाको वार्षिक प्रगती प्रतिवेदन आ.ब. २०७९।८०को प्रस्तावित कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्याङ्जा जिल्लाबचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, सूर्योदय साकोसका अध्यक्ष हुमबहादुर कुमाल, सदस्य बहादुर गुरूङ, भरत मल्ल, अशोक शर्मा लगायतले आफ्नो धारणा राखेका थिए । सभाले आर्थिक वर्ष २०७९।८० का लागि ४ करोड ४ लाख ६४ हजारको बजेट तथा कार्यक्रम पारित गरेको छ ।
भ्रष्टाचार विरूद्द नीति २०७९, पारित, कर्मचारी प्रशासन नीति संसोधन, बिधान संसोधनका प्रस्तावहरू पारित गरिएको थियो ।
क्लबको अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम गैसस महासंघका अध्यक्ष गोविन्द प्रसाद शर्माको प्रमुख आतिथ्यतामा एंव स्वागत मन्तव्य उपाध्यक्ष बलराम दोराङ्गा, कोषाध्यक्ष देवि नेपालीले आर्थिक प्रतिवेदन र सचिव रमेश गोदारले कार्यक्रम संचालन गरेका थिए ।