Kathmandu Press

अख्तियारले गर्‍यो अघिल्लो आर्थिक बर्षमा ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट

अख्तियारले बुधबार वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै २४ हजार ३ सय ३१ कुल उजुरी मध्ये १७ हजार १ सय ६९ अर्थात ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट भएको जनाएको हो । 
अख्तियारले गर्‍यो अघिल्लो आर्थिक बर्षमा ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट

काठमाडौं, असोज ५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्लो आर्थिक बर्षमा ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट भएको जनाएको छ । 

अख्तियारले बुधबार वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै २४ हजार ३ सय ३१ कुल उजुरी मध्ये १७ हजार १ सय ६९ अर्थात ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट भएको जनाएको हो । 

Hardik ivf

जसअनुसार प्रारम्भीक छानविनबाट तामेली ५ हजार ३ सय २, सुझाव सहित तामेली ४ सय ७४, बिस्तृत अनुस्न्धान गर्ने निर्णय भएको ८ सय २३ र अन्य आवश्यक कारावही भएको उजुरीको संख्या १० हजार ५ सय ७० रहेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार भ्रष्टचारसम्बन्धी सवैभन्दा बढि उजुरी मधेश प्रदेशमा रहेको छ भने सवै भन्दा कम गण्डकी प्रदेशमा रहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । त्यस्तै सबैभन्दा बढी मुद्धा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी सम्बन्धी रहेको अख्तियारले जनाएको छ ।

अख्तियारले बुधबार नै बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ । 

प्रकाशित मिति: १८:५२ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्