Kathmandu Press

राष्ट्रपतिबाट फेरि संविधान मिच्ने काम भयो : नेता यादव

राष्ट्रपतिबाट फेरि संविधान मिच्ने काम भयो : नेता यादव

हेटाैंडा, असाेज ५ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोस्रो पटक स्वीकृत भई पेश गरिएकोे नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत काम गरेको बताएका छन।

आज हेटौँडामा जसपा मकवानपुरको कार्यक्रममा सहभागी हुन आउनुभएका नेता यादवले राष्ट्रपतिको कदमले मानवअधिकार खोसिएको बताए।

पूर्वप्रधानमन्त्री र सरकारले पेश गरेको विधेयक अक्षरशः प्रमाणीकरण गर्ने राष्ट्रपतिले जनताको अधिकारसँग जोडिएको विषयमा राजनीतिक प्रतिशोध साँध्नु गलत भएको उनको भनाइ थियो । राष्ट्रपति भण्डारीले संविधानलाई नै धरापमा पार्ने खेल खेलेको भन्दै यादवले आफ्नै देशका नागरिकको सन्तानलाई कहिलेसम्म अनागरिक बनाएर राख्न खोजेको भन्दै प्रश्न गरे। उनले नागरिकता नदिनु भनेको मानवतावादी कानूनकोे उल्लङ्घन भएकाे बताए।

प्रकाशित मिति: १८:५७ बजे, बुधबार, असोज ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्