Kathmandu Press

बाढी पहिरोका कारण पाकिस्तानमा थप १० को मृत्यु

बाढी पहिरोका कारण पाकिस्तानमा थप १० को मृत्यु

इस्लामावाद, असोज ५ : बाढी पहिरोका कारण पाकिस्तानमा थप १० जनाको मृत्यु भएको छ।

पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण दैनिक मृत्यु हुने गरेको विवरणहरू सार्वजनिक हुने गरेका छन्।

अत्यधिक वर्षापछि आएको बाढी पहिरोका कारण पाकिस्तानमा ठूलो जनधनको क्षति भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ।

Hardik ivf

थप मृत्यु भएका मध्ये चार जना बालबालिका रहेका छन् भने दुई महिला रहेका छन्। फरक फरक ठाउँमा उनीहरूको मृत्यु भएको हो।

बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ। थप मृत्यु भएका १० जना  मध्ये नौ जना सिन्ध प्रान्तका मात्रै छन्।

अर्का एक जनाको भने बालुचिस्तान प्रान्तमा मृत्यु भएको हो। यसअघि अन्य प्रान्तमा पनि मृत्यु भएका विवरण आउने गरेका थिए।

पछिल्लो एक दिनमा ५० हजार ९४० घर क्षतिग्रस्त भएका छन् भने २४ हजार ७७५ जनावर मरेका छन्।

पाकिस्तानमा अहिलेको मनसुन सुरु भएदेखि यता बाढी पहिरोका कारण एक हजार ५६९ जनाको मृत्यु भएको छ। त्यसैगरी १२ हजार ८६० जना घाइते भएका छन्।

गत मध्ये जुन देखि पाकिस्तानमा मनसुन सुरु भएको र लगातारको वर्षाका कारण अनपेक्षित क्षति भएको अधिकारीहरूले बताएका छन्।

यसअवधिमा २० लाख नौ हजार ७९४ घर क्षतिग्रस्त भएका छन्। घर क्षतिग्रस्त भएपछि लाखौ मानिस घरबार विहीन भएका छन्। उनीहरु विभिन्न अस्थायी शिविरमा बसिरहेका छन्।

विस्थापित र बाढी पहिरोबाट पीडितहरूलाई विभिन्न राहत तथा सहयोगको आवश्यकता रहेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति: १८:३९ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्