Kathmandu Press

राजनीतिक विषयमा राष्ट्रपति जस्तो सम्मानित संस्था विवादमा पर्नु हुँदैन् : प्रेस युनियन 

युनियनका महासचिव दिलीप पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी सविधानको भावना र मर्मलाई पालना गर्दै संवैधानिक सर्वोच्चता कायम गरी राष्ट्रपति जस्तो संस्थाको गरिमा बचाई मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन अपिल गरेका हुन् ।
राजनीतिक विषयमा राष्ट्रपति जस्तो सम्मानित संस्था विवादमा पर्नु हुँदैन् : प्रेस युनियन 

काठमाडौं, असोज ५ : सत्तारुढ नेपाली निकट संस्था नेपाल प्रेस युनियनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संवैधानिक दायित्वबाट विचलित नहुन आग्रह गरेको छ । 

नेपालको संविधान २०७२ ले दिएको जिम्मेवारी प्रतिकुल हुने गरी राष्ट्रपतिले संसदले पठाएको विधेयक प्रमाणिकरण नगरे पछि युनियनले राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो । युनियनका महासचिव दिलीप पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी सविधानको भावना र मर्मलाई पालना गर्दै संवैधानिक सर्वोच्चता कायम गरी राष्ट्रपति जस्तो संस्थाको गरिमा बचाई मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन अपिल गरेका हुन् ।

Hardik ivf

‘नागरिकता विधेयक’ राजनीतिक विषय भए पनि विधेयक प्रमाणीकरण संवैधानिक जिम्मेवारी भएको समेत युनियनले बताएको छ । युनियनका महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रपति संविधानको संरक्षक हो । संविधान पालना गर्नु गराउनु उहाँको प्रमुख दायीत्व हो ।’

दलहरूका वीचमा केही राजनीतिक असहमतिहरू भए दलहरूले नै संवादबाट समाधान गर्न आग्रह गर्दे राजनीतिक विषयमा राष्ट्रपति जस्तो सम्मानित संस्था विवादमा नपार्न भनेको छ ।

संसदले दोस्रो पटक पठाएको विधेयक राष्ट्रपतिबाट तोकिएको समय सीमा भित्र प्रमाणिकरण नगरे पछि राष्ट्रपति र सत्ताधारी राजनीतिक दलबीच द्वन्द्व सृजना भएको युनियनले जनाएको छ । 

प्रकाशित मिति: १८:३२ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्