Kathmandu Press

नेपाल, भारत र चीनबीच त्रिदेशीय सम्बन्ध र समझदारीमा जोड 

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले भू–राजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै नेपाल, भारत र चीनबीच त्रिदेशीय सम्बन्ध र समझदारी विकास गरिनुपर्नेमा जोड दिएका छन् । 
नेपाल, भारत र चीनबीच त्रिदेशीय सम्बन्ध र समझदारीमा जोड 

काठमाडौं, असोज ५ : नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले भू–राजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै नेपाल, भारत र चीनबीच त्रिदेशीय सम्बन्ध र समझदारी विकास गरिनुपर्नेमा जोड दिएका छन् । 

नेपाल–चीन मैत्री फोरम र समुन्नति फाउण्डेसनद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘परिवर्तनशील विश्वव्यापी सन्दर्भमा चिनियाँ विकास र क्षेत्रीय सहयोग’ विषयको अन्तक्र्रियामा उनले एशियाली क्षेत्रमा शान्ति, स्थिरता र विकासका लागि त्रिदेशीय समझदारीको खाँचो औंल्याए। 
    
‘भूराजनीतिक संवेदनशीलतालाई बुझेर तीन मुलुकबीच सहमति र सहकार्यको आवश्यकता छ,’ उनले भने, ‘पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति अपनाउनुपर्नेछ।’ नेपाल, भारत र चीनको सुरक्षा संवेदनशीलतालाई ख्यालमा राख्दै तीन देश एक हुनुपर्ने उनको भनाइ थियो। 

Hardik ivf

कार्यक्रममा ‘नेपालमा वैदेशिक ऋणले पारेको समस्या’ विषयको कार्यपत्र प्रस्तुत गर्दै चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्यालले वैदेशिक ऋणले चेपुवामा पर्ने अवस्था आउने गरी कुनै पनि मुलुकसँग ऋण सम्झौता गर्न नहुने बताए। विभिन्न मित्रराष्ट्र तथा दातृ निकायको भन्दा कम व्याजदरमा चीनले दिने ऋण लिन पश्चिमा शक्तिले निरुत्साहित गरिरहेको उनको भनाइ थियो।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले ‘दक्षिण एशियामा लगानीका अवसर’ विषयको कार्यपत्र प्रस्तुत गर्दै दक्षिण एशियामा भारतबाहेक अन्य मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी घट्दै गइरहेको बताए। उनले भने, ‘डुइङ विजनेस इन्डेक्समा भारतले आफ्नो अवस्था सुधार गर्दै लगिरहेको छ, तर अन्य मुलुकमा नीतिगतरुपमा स्थिरता नहुँदा लगानीको वातावरण बन्न नसकेको देखिएको छ।’

समुन्नति फाउण्डेसनका अध्यक्ष एवं पूर्वमन्त्री रेखा शर्माले विश्वपरिवेशमा व्यापक परिवर्तन भइरहेका अवस्थामा नेपालको आर्थिक तथा सामाजिक अवयबलाई प्रभाव पारेकाले सबै सचेत बन्नुपर्ने बताए। 

प्रकाशित मिति: १७:३८ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्