संविधानको सबैले अक्षरशः पालना गर्नुपर्छ : पत्रकार महासंघ

काठमाडौं, असोज ५ : नेपाल पत्रकार महासंघले मुलुकको संविधानको सबैले अक्षरशः पालना गर्नुपर्ने बताएको छ।
महासङ्घले संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षले संवैधानिक व्यवस्थाको पालना गर्नुपर्नेमा जोड दिएको हो।
महासंघका महासचिव रोशन पुरीद्वारा आज जारी विज्ञप्तिमा संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वोच्चता कायम गर्ने विषयमा महासङ्घ सधैं क्रियाशील रहँदै आएको उल्लेख गरिएको छ।
प्रकाशित मिति: १६:४८ बजे, बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












