Kathmandu Press

राष्ट्रपतिकाे कदमप्रति समर्थन जनाउँदै युवासंघकाे र्‍याली

बुधबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघ आबद्ध युवाहरुले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर मुलुकको हितमा काम गरेको भन्दै र्‍याली निकालेका हुन्।
राष्ट्रपतिकाे कदमप्रति समर्थन जनाउँदै युवासंघकाे र्‍याली

काठमाडाैं, असाेज ५ : नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मुलुक बचाउने काम राष्ट्रपतिबाट भएको भन्दै समर्थनमा र्‍याली निकालेकाे छ। साथै युवा संघले राष्ट्रपतिलाई विवादमा तान्ने काम नगर्न गठबन्धनलाई चेतावनीसमेत दिएको छ।

बुधबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघ आबद्ध युवाहरुले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर मुलुकको हितमा काम गरेको भन्दै र्‍याली निकालेका हुन्।

Hardik ivf

काठमाडौंको बबरमहलबाट सुरु भएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा एमाले नेता महेश बस्नेतले राष्ट्रपतिले अहिले देशको हितमा काम गरे पनि गठबन्धनबाट आक्रमण र अपमान गर्न खोजिएको बताए। उनले राष्ट्रको हितमा काम गर्दा विरोध भए कुनै फरक नपर्ने बताए।

त्यस्तै युवा संघका अध्यक्ष किरण पौडेलले राष्ट्रियताका सवालमा अझै क्रुर शसक्त भएर अघि बढ्न सुझाव दिए।नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमको एमालेले समर्थन गरेको छ।

rally1663756116.jpg

प्रकाशित मिति: १६:०४ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्