Kathmandu Press

धोविघाटको कवाडी गोदाममा आगलागी, तीन जना घाइते

धोबिघाट रिङरोडबाहिर रहेको बच्चा साहको  कवाडी गोदममा बुधबार दिउँसो १ बजेको समयमा आगलागी हुँदा गोदाममा काम गर्ने तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । 
धोविघाटको कवाडी गोदाममा आगलागी, तीन जना घाइते

काठमाडौं, असोज ५ : ललितपुरको धोबीघाटस्थित एक कबाडी गोदाममा भएको आगलागीमा ३ जना घाइते भएका छन्।

धोबिघाट रिङरोडबाहिर रहेको बच्चा साहको  कवाडी गोदममा बुधबार दिउँसो १ बजेको समयमा आगलागी हुँदा गोदाममा काम गर्ने तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

अचानक गोदाममा आगो लाग्दा ५ जना कामदार गोदाममै रहेका र उउनीहरूमध्ये गणेश नेपाल, अजय र लक्ष्मी घाइते भएको प्रहरीले जानकारी दिएको छ । आगोको सप्काले भेटेर उनीहरूको अनुहार जलेको बताइएको छ । 

महानगरीय प्रहरी प्रभागका सानेपाका अनुसार घाइतेहरूलाई स्टार अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल लैजाने तयारी गरिएको छ ।

विजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान लगाएको छ। 

अझै आगो नियन्त्रण आइसकेको छैन। काठमाडौं, ललितपुर भक्तपुरका दमकल, पानी ट्याङ्की, प्रहरी, नगर प्रहरी तथा स्थानीयले आगलागी नियनत्र्णको प्रयास गरिरहेका छन्।

प्रकाशित मिति: १५:१४ बजे, बुधबार, असोज ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्