Kathmandu Press

दक्षिण कोरियामा कोरोनाका नयाँ सङ्क्रमित ४१ हजारभन्दा बढी

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा ३ जनाले घटेर ४९४ पुगेको छ।
दक्षिण कोरियामा कोरोनाका नयाँ सङ्क्रमित ४१ हजारभन्दा बढी

साेल, असाेज ३ : दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात मङ्गलबार मध्यरातिसम्ममा ४१ हजार दुईसय ८६ कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन्।

यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ४५ लाख दुई हजार नौ सय ६८ जना पुगेको स्वास्थ्य अधिकारीहरूले  बुधबार जानकारी दिएका छन्।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा ३ जनाले घटेर ४९४ पुगेको छ।

सङ्क्रमणको कारण ५९ जनाको मृत्यु भएको पुष्टि भएको छ। यसैसँगै मृतकको सङ्ख्या २७ हजार नौ सय ५० पुगेको छ। कुल मृत्यु दर ०।११ प्रतिशत रहेको छ। 

प्रकाशित मिति: १४:१२ बजे, बुधबार, असोज ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्