Kathmandu Press

राष्ट्रपतिको कदमप्रति समर्थन जनाउँदै अनेरास्ववियुकाे प्रदर्शन

दोस्राेपटक राष्ट्रपति समक्ष पेस भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नभएपछि यसको पक्ष र विपक्षमा बहस देखिएको छ।
राष्ट्रपतिको कदमप्रति समर्थन जनाउँदै अनेरास्ववियुकाे प्रदर्शन

काठमाडाैं, असाेज ५ : नेकपा एमालेनिकट अनेरास्ववियुले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमप्रति समर्थन जनाउँदै प्रदर्शन गरेको छ।

बुधबार काठमाडौंको घण्टारघरस्थीत त्रिचन्द क्याम्पस अगाडि उनीहरुले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण गरेर उचित कदम चालेको भन्दै समर्थन गरेका हुन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले 'सम्मानीय राष्ट्रपतिलाई हाम्रो सम्मान छ', 'राष्ट्रपतिको कदमलाई जनताले सम्मान गरिरहनेछन्', 'नागरिकता बेच्न पाइँदैन' लगायत भनाइ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए भने नागरिकता विधेयकसमेत जलाएका थिए।

दोस्राेपटक राष्ट्रपति समक्ष पेस भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नभएपछि यसको पक्ष र विपक्षमा बहस देखिएको छ।

प्रकाशित मिति: १३:४१ बजे, बुधबार, असोज ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्