कैलालीका छुट्टाछुट्टै ठाउँमा दुई जना मृत भेटिए
गोदावरी नगरपालिका–१२ को शान्तिनगर र धनगढी उपमहानगरपालिका–१ मा एकएकजना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
धनगढी, असोज ५ : कैलालीमा छुट्टाछुट्टै ठाउँमा दुई जना मृत भेटिएका छन्।
गोदावरी नगरपालिका–१२ को शान्तिनगर र धनगढी उपमहानगरपालिका–१ मा एकएकजना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कैलाली प्रहरीका अनुसार शान्तिनगरमा मृत भेटिएका २५ वर्षीय मदन बडेला र धनगढीमा मृत भेटिएका कञ्चनपुरको कृष्णनगरपालिका ८ का ७४ वर्षीय धनसिंह जेठारा हुन्।
बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत भेटिएकाले र नको टाउको र खुट्टामा चोट देखिएकाले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ।
हत्या आशंकामा अनुसन्धान अघि बढाइएको र तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको जनाइएको छ। बडेलाको शव परीक्षणका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ।
कैलाली कारागार कैलाली पछाडि शव भेटिएका जेठारा छोरीको घर आएका थिए। मंगलबार साँझ घरबाट निस्किएका उनी अबेरसम्म नफर्किएपछि खोजी गर्दै जादा बुधबार बिहान मृत भेटिएको जनाइएको छ।
घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीका भनाइ छ।












