Kathmandu Press

ब्राजिलमा कन्टेनर डिपो भत्कँदा नौ जनाको मृत्यु

दुर्घटनाका बेला करिब ६४ जना कर्मचारी कन्टेनरमा रहेकाे त्यहाँको वारुणयन्त्र विभागका प्रवक्ता लुसियाना सोरेसाले बताइन्।
ब्राजिलमा कन्टेनर डिपो भत्कँदा नौ जनाको मृत्यु

काठमाडाैं, असाेज ५ : ब्राजिलको दक्षिणपूर्वी राज्य साओपाउलोको इटापेसेरियाका दा सेरा सहरमा मालसामान निर्यात गर्ने व्यवसायीलाई कन्टेनर बेच्ने र भाडामा उपलब्ध गराउने कम्पनीको ‘कन्टेनर डिपो’ को एउटा भाग भत्कदा नौ जनाको मृत्यु भएको छ भने अनय २८ जना घाइते भएका छन्। 

दुर्घटनाका बेला करिब ६४ जना कर्मचारी कन्टेनरमा रहेकाे त्यहाँको वारुणयन्त्र विभागका प्रवक्ता लुसियाना सोरेसाले बताइन्। भग्नावशेषबाट घाइतेहरूको उद्धार गरिएको उनले बताइन्। 

यही असोज १६ गते हुने स्थानीय उपप्रमुखका दुई स्थानमा हुने निर्वाचनमा भोट माग्न उम्मेदवारद्वय एली सान्तोस र जोन्स डोनिटजले प्रचार अभियानका क्रममा डिपोका कर्मचारीसँग परामर्श गरेका थिए।

डिपोमा जम्मा भएका कामदारले उनीहरूलाई बिदाइ गरिरहँदा ढलानको संरचनाको भाग भत्केर दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन्। 

प्रकाशित मिति: १२:२५ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्