सिरहामा राष्ट्रपतिको पुत्ला दहन

काठमाडौं, असोज ४ : नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सिरहामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइएको छ।
सिके राउत नेतृत्वको जनमत पार्टीले बिहान राष्ट्रपतिको पुत्ला दहन गरेको हो ।
नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिको कदमबारे आलोचना भइरहेको छ ।
विशेषगरी मधेशवादी दलहरुले राष्ट्रपतिको कदमको खुलेर विरोध गरिरहेका छन्। सत्तारुढ दलहरुले पनि राष्ट्रपतिको विरोध गरेका छन् भने नेकपा एमाले, राप्रपा नेपाललगायतले समर्थन गरेका छन् ।
प्रकाशित मिति: १२:१६ बजे, बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












