न्यू प्लाजा अगाडिको विद्युत तारमा आगलागी

काठमाडौं, असोज ५ : काठमार्डाैंको न्यू प्लाजा अगाडिको विजुलीको तारमा आगलागी भएको छ । बुधबार बिहान १० बजे विद्युत सर्ट भई तारमा आगलागी भएको हो ।
अहिले आगलागी नियन्त्रणमा आइसकेको छ । प्रहरीका अनुसार दमकलको सहायताले आगो निभाइएको हो ।
आगो समयमै निभाएकाले थप क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण उक्त रुट चल्ने सवारी साधन केहीबेर अवरुद्ध भएको थियो।
प्रकाशित मिति: १२:०४ बजे, बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












