Kathmandu Press

मापदण्ड विपरीतका संरचना हटाउन ललितपुरले दियो ३५ दिनको म्याद

ललितपुर महानगरपालिकाले मापदण्ड विपरीत बनेका संरचना हटाउन वा आवश्यक सुधार गर्न आग्रह गरेको छ।
मापदण्ड विपरीतका संरचना हटाउन ललितपुरले दियो ३५ दिनको म्याद

काठमाडौं, असोज ५ : ललितपुर महानगरपालिकाले मापदण्ड विपरीत बनेका संरचना हटाउन वा आवश्यक सुधार गर्न आग्रह गरेको छ।

महानगरले सूचना जारी गरी नक्सा स्वीकृतविना, मापदण्ड विपरीत निर्माण भएका संरचना, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढीलगायतका संरचना हटाउन वा सुधार गर्न सचेत गराएको छ।

यससँगै नक्सा स्वीकृत गर्दा पार्किङ्ग खुलाई स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचना तथा सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण प्रयोजनमा प्रयोग भएका संरचना पनि ३५ दिनभित्र सुधार गरी वा हटाई सहयोग गर्न आग्रह गरेको छ।

महानगरले तोकिएको समयभित्र कानून अनुसार काम गरेको नपाईएमा त्यस्ता संरचना हटाइने चेतवानी दिएको छ।

प्रकाशित मिति: ०८:२० बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्