Kathmandu Press

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय तोक्ने तयारी

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय तोक्ने तयारी गरेको छ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय तोक्ने तयारी

काठमाडौं, असोज ५ : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय तोक्ने तयारी गरेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाममा र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित क्षेत्रको पायक पर्ने स्थानमा राख्ने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

Hardik ivf

प्रचलित कार्यविधिबमोजिम सबै जिल्लाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका लागि पायक पर्ने स्थानको सूची तयार भएको आयोगले जनाएको छ।

आयोगले मातहतका जिल्ला निर्वाचन कार्यालयमा उक्त सूची पठाएको छ। आगामी मंसिर ४ गते निर्वाचन हुँदै छ। त्यसको तयारी शुरु भइसकेको छ।

प्रकाशित मिति: ०७:११ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्