Kathmandu Press

सेनाको हेलिकाेप्टर आक्रमणमा म्यानमारमा १३ जनाको मृत्यु

सेनाको हेलिकाेप्टर आक्रमणमा म्यानमारमा १३ जनाको मृत्यु

नेपिडाव, असाेज ४ : म्यानमारको एक विद्यालयमा सेनाको हेलिकाेप्टरले गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ। आक्रमणमा परि अन्य १७ जना घाइते भएका छन्।

सेनालाई उद्धृत गर्दै टीआरटी वर्ल्डका अनुसार उक्त भवन विद्रोहीहरूले प्रयोग गरिरहेको बुझिएको थियो। घटना शुक्रबार मध्य सागाङ क्षेत्रको लेट यट कोने गाउँमा भएको टीआरटी वर्ल्डले जनाएको छ ।

Hardik ivf

गाउँको बौद्ध गुम्बामा रहेको विद्यालयमा सेनाको हेलिकाेप्टरले गोली चलाएको बताइएको छ। टीआरटी वर्ल्डका अनुसार गोली लागेर केही बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने केहीको गाउँमा सेना पसेपछि मृत्यु भएको थियो।

दुई जना बासिन्दालाई उद्धृत गर्दै टीआरटी वर्ल्डले जनाएअनुसार सेनाले शवहरूलाई पछि ११ किलोमिटर टाढाको टाउनशिपमा पुर्यालएर गाडेको बताइएको छ। सन् २०२० को फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो।

म्यानमारको जन्टाले सैन्य शासनको विरोध गर्नेहरूलाई दबाउन राष्ट्रव्यापी  आक्रमणको निशाना  बनाएको छ। ह्युमन राइट्स वाचले उल्लेख गरेअनुसार जनहत्या, यातना, स्वेच्छाचारी गिरफ्तारी, र नागरिकहरूमाथि अन्धाधुन्ध आक्रमणहरू लगायतका  घटना जन्टाका मानवता विरुद्धका अपराध हुन्।
फेब्रुअरीमा भएको विद्रोह पछि, सुरक्षा बलहरूले कम्तीमा  १, ६००० मानिसहरूलाई मारेका छन्  भने १२, ००० भन्दा बढीलाई हिरासतमा लिइएको छ।

प्रकाशित मिति: २०:४० बजे, मंगलबार, असोज ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्