Kathmandu Press

लोकतन्त्रका लागि गठबन्धन गरिएको हो : मोहन विक्रम सिंह

देशमा प्रतिगमनको खतरा भएको समयमा देशका सबै दल एकै ठाउँमा बसेर सङ्घर्ष गरेको स्मरण गर्दै नेता सिंहले एमालेको प्रतिगमनका विरुद्ध गठबन्धन गर्नुपरेको बताए।
लोकतन्त्रका लागि गठबन्धन गरिएको हो : मोहन विक्रम सिंह

अर्घाखाँची, असाेज ४ : नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन।

प्रगतिशील पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको कार्यक्रममा उनले सत्ता गठबन्धनमा रहेका दलले हैसियतभन्दा बढी सिट माग गरेका कारण आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा सहमति हुन नसकेको बताए।

Hardik ivf

अब छिट्टै सिट बाँडफाँटको टुङ्गो पाँच दलीय गठबन्धनले गर्ने नेता सिंहको भनाइ थियो। उनले नेकपा (एमाले) ले संसद् विघटन गरेर प्रतिगमनकारी काम गरेको आरोप लगाए। प्रतिगमनकारी र राजावादीहरूले राजा फर्काउन सकिन्छ की भनेर विभिन्न कार्यक्रम गरिरहेको उनको भनाइ थियो ।

अहिले प्रतिगमनको खतरा १७ साल वा ५९ सालमा भन्दा पनि गम्भीर भएको उनले बताए। देशमा प्रतिगमनको खतरा भएको समयमा देशका सबै दल एकै ठाउँमा बसेर सङ्घर्ष गरेको स्मरण गर्दै नेता सिंहले एमालेको प्रतिगमनका विरुद्ध गठबन्धन गर्नुपरेको बताए।

स्थानीय निर्वाचनमा आफूहरुले इमान्दारी प्रस्तुत गरेको दाबी गर्दै नेता सिंहले भने, 'बरु जनमोर्चा हार्न तयार भयो तर एमालेसँग तालमेल गरेन, तर कांग्रेस र माओवादीले ठाउँठाउँमा एमालेसँग तालमेल गरे।'

प्रकाशित मिति: २०:३४ बजे, मंगलबार, असोज ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्