Kathmandu Press

अनुमति बिना नेपाल हुँदै भारत हिँडेका अर्जेन्टिनाका दुई नागरिक नियन्त्रणमा

वीरगञ्जस्थित अध्यागमन कार्यालयका अनुसार भारत जानुपूर्व अध्यागमन कार्यालयमा बाहिर जाने अनुमति लिन आएका एक महिला र एक पुरुषलाई नेपाल प्रवेश अनुमति नभएका कारण नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाइएको हो ।
अनुमति बिना नेपाल हुँदै भारत हिँडेका अर्जेन्टिनाका दुई नागरिक नियन्त्रणमा

पर्सा, असाेज ४ : पर्साको वीरगञ्ज नाकाबाट  बिनाअनुमति नेपाल हुँदै भारत जाने क्रममा दुई अर्जेन्टिनाका नागरिकलाई आज वीरगञ्जस्थित अध्यागमन कार्यालयबाट नियन्त्रणमा लिइएको छ ।

वीरगञ्जस्थित अध्यागमन कार्यालयका अनुसार भारत जानुपूर्व अध्यागमन कार्यालयमा बाहिर जाने अनुमति लिन ( स्ट्याम्प लगाउन) आएका एक महिला र एक पुरुषलाई नेपाल प्रवेश अनुमति नभएका कारण नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाइएको हो ।

Hardik ivf

नियन्त्रणमा लिएका नागरिकमा पासपोर्ट नं एएसी १८७५५८ भएको पब्लो ग्वस्ताभो लोहोज र पासपोर्ट नं एएजी ९५६४१६ भएको मेलानी डिसेरी डिफाजियो रहेको अध्यागमन कार्यालयले जनाएको छ ।

बिनाअनुमति ८६ दिन नेपाल बसेका उनीहरुलाई  अध्यागमन विभाग पठाइएको वीरगञ्जस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागत सहायक  लिलबहादुर विष्टले जानकारी दिए। सन् २०२२ जुन २७ मा भारतको सुनौली नाकाबाट आउट स्ट्याम्प लगाई बिना अनुमति नेपाल प्रवेश गरी नेपालका विभिन्न ठाउँमा ८६ दिन भ्रमण गरेर फर्कने क्रममा नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाइएको हो ।

प्रकाशित मिति: १९:१५ बजे, मंगलबार, असोज ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्