Kathmandu Press

संविधानको प्रभावकारी कार्यान्वयनबाट अधिकार सुनिश्चित हुन्छ : नेत्री देउवा

संविधानको प्रभावकारी कार्यान्वयनबाट अधिकार सुनिश्चित हुन्छ : नेत्री देउवा

पर्सा, असाेज ४ : नेपाली कांग्रेसकी नेत्री डा आरजु देउवाले संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै  महिलाको हकअधिकार सुनिश्चित हुने दाबी गरेकी छन्।

पर्साको वीरगञ्जमा कांग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ केन्द्रीय समितिद्वारा आज आयोजित महिला प्रशिक्षण कार्यक्रममा नेत्री देउवाले महिला वर्गसहित आमनागरिको हरेक हकअधिकारका विषयवस्तु नेपालको संविधानमा सुनिश्चित रहेको बताइन्।

संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै नागरिकको अधिकार स्थापित हुने बताउँदै नेत्री देउवाले हरेक नीतिको मुख्य नीतिनै राजनीति भएकाले यसलाई  सेवामैत्री भावनाले अघि बढाउनुपर्ने आवश्यकता औंल्याइन।

सो अवसरमा उनले महिला वर्ग पनि अब नेपाली राजनीतिमा होमिनु आवश्यक रहेको तर्क गरिन। दुई दिनसम्म चल्ले प्रशिक्षण कार्यक्रममा पार्टीका महिला अगुवा कार्यकर्ताको सहभागिता रहेको छ ।

प्रकाशित मिति: १८:३१ बजे, मंगलबार, असोज ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्